हेल्प नेपाललाई प्रधानमन्त्री कप भलिबल लिगको उपाधि
काठमाडाैं | जेठ २७, २०८१
काठमाडौं: आठौं प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष भलिबल लिगमा महिलातर्फ नेपाल पुलिस क्लब र पुरुषतर्फ हेल्प नेपाल स्पोर्टस् क्लबले उपाधि जितेका छन् ।
महिलातर्फ नेपाल पुलिस क्लबले एभरेष्ट भलिबल क्लबलाई पराजित गर्दै लगातार दोस्रो पटक उपाधि जित्यो भने पुरुषतर्फ गण्डकी प्रदेशलाई हराएर हेल्प नेपाल बिजेता बन्यो । दुबैले टिमले जनही ८/८ लाख रुपैयाँ पुरस्कार पाएका छन् भने उपबिजेताले ४/४ लाख पाए ।
महिलातर्फ पुलिसले लिगमा अपराजित रहँदै फाइनल पुगेको एभरेष्ट भलिबल क्लब बुटबललाई ३–२ को सेटमा पराजित गर्यो । पुलिसले एभरेष्टलाई २५–२१, २५–२३, २०–२५, २०–२५ र १५ –१२ को सेटमा पराजित गरेको हो ।
पहिलो र दोस्रो सेटमा लगातार जित हात पारेको पुलिसले तेस्रो र चौथो सेट भने गुमायो । पाचौं सेट जितेर पुलिसले उपाधि रक्षा गरेको हो ।
पुरुषतर्फ भने हेल्प नेपालले गण्डकी प्रदेशलाई ३–१ ले पराजित गर्यो । हेल्प नेपालले २५–२२, २५–२०, २०–२५ र २५–२० गरी चौथो सेटमा खेल जितेको हो । लिग चरणमा अपराजित हुँदै आएको गण्डकीले फाइनलमा भने हार बेहोरेको हो ।
महिलातर्फ एपीएफ र पुरुषतर्फ नेपाल पुलिस क्लब तेस्रो भए । उनीहरुले जनही २ लाख रुपैयाँ पाए ।
महिलातर्फ उषा भण्डारी र पुरुषतर्फ हेल्प नेपालका पाकिस्तानी खेलाडी मसुर राजा बट्टो सर्वोत्कृष्ट खेलाडी बनेर जनही ५० हजार रुपैयाँ पाए ।
मसुरले यसअघि पनि हेल्प नेपालबाट नेपालमा विभिन्न प्रतियोगिता खेलेका छन् ।
लिबेरोमा महिला तर्फ पुलिसकी शान्तिकला तामाङ र पुरुषतर्फ हेल्प नेपालका टोपबहादुर थापा उत्कृष्ट घोषित भई जनही ३० हजार रुपैयाँ पाए ।
उत्कृष्ट सर्भर महिलामा निरुता ठगुन्ना र पुरुषमा रमन कुमार बने । पहिलो पटक नेपालमा भलिबल खेलेका रमनकुमार भारतीय खेलाडी हुन् ।
उत्कृष्ट स्पाइकर महिलातर्फ एभरेष्टकी केपी अनुश्री र पुरुषतर्फ गण्डकीका सन्तोष साहाया बने । उनीहरु दुबै जना भारतीय खेलाडी हुन् ।
अनुश्री भारतको राष्ट्रिय टिमकै खेलाडी हुन् । उत्कृष्ट ब्लकर महिलातर्फ एभरेष्टकी सूर्य तोतांगल र पुरुषतर्फ पुसिलका सफल बिक बने ।
भारतीय खेलाडी तोतांगलले यसअघि पनि नेपालबाट भलिबल खेलिसकेकी छन् ।
महिलातर्फ पुलिसकी कमला पुन र पुरुषतर्फ हेल्प नेपालका आद्नान खान उत्कृष्ट सेटर बने । महिलातर्फ पुलिसका रुपेश विष्ट र र पुरुषतर्फ उत्सव खड्का उत्कृष्ट प्रशिक्षक बने । उनीहरु सबैले जनही २० हजार रुपैयाँ पुरस्कार पाए ।
व्यक्तिगत विधाका पुरस्कार पाउनेमा ६ जना विदेशी खेलाडी छन् ।
पोखरा: प्रधानमन्त्री (पिएम) कप एक दिवसीय क्रिकेट प्रतियोगिताको उपाधि सांग्रिला क्रिकेट क्लबले जितेको छ । कास्की जिल्ला स्तरीय सो प्रतियोगिताको फाइनलमा कास्की क्रिकेट क्लबलाई ४८ रनले हराउँदै...
पोखरा: नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले कास्की क्षेत्र नम्बर १ मा निर्वाचन सम्पर्क कार्यालय खोलेको छ । नेकपाबाट कास्की क्षेत्र नम्बर १ का उम्मेदवार राजकाजी गुरुङ (करण) लगायतका उम्मेदवारको निर्वाचन सम्पर्क...
पोखरा: गण्डकी प्रदेशले छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपको पुरुषतर्फको उपाधि जितेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा शनिबार भएको च्याम्पियनसिपको फाइनल ...

